श्रीमतीको हत्या गरी पतिले गरे आत्महत्या

भदौ ३, काठमाडौँ- धनगढीका एक व्यक्तिले पत्नीको हत्यापछि आफूले पनि आत्महत्या गरेका छन्। धनगढी नगरपलिका वडा नं १ पशुपति टोलका अठ्तीस वर्षीय राकेश चौधरीलेे आफ्नै घरको कोठमा ३५ वर्षीया पत्नी रति चौधरीको हत्या गरेपछि आफूले पनि आत्महत्या गरेका छन । चौधरीले बन्चरो प्रहार गरी आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरि हत्या गरेपछि आत्महत्या गरेको देखिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुई/तीन दिनअघि भएको आशङ्का गरिएको घटना ढिलो गरी आजमात्रै थाहा भएको घटनास्थल पुग्नु भएका प्रहरी सहायक निरीक्षक हरिसिं धामीले बताउनुभयो। एकान्त ठाउँमा घर भएको र उनीहरुको छरछिमेकसँग सम्पर्क पनि कम हुने गरेको कारण घटना ढिलो गरी थाहा भएको धामीले बताए।

अलग्गै घरमा बस्दै आएका मृतक चौधरीका बुबाले छोरा बुहारीको खोजतलास गर्ने क्रममा झ्यालबाट हेर्दा दुवै कोठामा मृत देखेपछि प्रहरीलाई आज बिहान खबर गरेका थिए। चौधरी दम्पतीबीच मदिरा सेवन गरी यसअघि पटकपटक झैझगडा हुने गरेको छरछिमेकीलाई उद्धृत गर्दै धामीले बताए।

मृतक राकेश ब्लड क्यान्सरका रोगीसमेत रहेको बताइएको छ। प्रहरीले दुवैको शव परीक्षणका लागि सेती अञ्चल अस्पताल धनगढीमा पुर्‍याएको छ।

 

सम्बन्धित शिर्षकहरु