इबोला भाइरसबाट सतर्कता अपनाउन अफ्रिकी नागरिकलाई नेपाल आउन नदिने

साउन ३१ । काठमाडौं,इबोला भाइरसबाट सतर्कता अपनाउन सरकारले अफ्रिकी नागरिकलाई नेपाल यात्रामा प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

अफ्रिकी मुलुकमा फैलिएको इभोला भाईरस नेपालमा आपुन नदिन सरकारले अफ्रिकी मुलुकबाट नेपाल आउने अफ्रिकीलाई भिसा नदिने निर्णय गरेको हो ।

त्यसैगरी पाकिस्तान र अफगानिस्तानबाट आउने पर्यटकका लागि केही समयका लागि भिसा स्थगित गरिएको छ ।

व्यवस्थापिका संसद्को शुक्रबारको बैठकमा बिशेष समयमा स्वास्थ्यमन्त्री खगराज अधिकारीले यो जानकारी दिनु भएको हो ।

विश्व स्वास्थ्य संगठनले इवोला भाइरस विश्वभर फैलने खतरा औल्याएको आधारमा नेपालले अफ्रिकी मुलुकबाट आउने पर्यटकका लागि भिसा निषेध गर्नुपरेको मन्त्री अधिकारीले बताउनु भयो ।

छिमेकी राष्ट्र र नेपालमा इबोला भाइरस संक्रमण नभित्रिएको र भित्रने जोखिन पनि नरहेको उनले जानकारी दिनु भयो ।

इबोला गम्भिर प्रकृतिको रोग भएको जानकारी दिँदै मन्त्री अधिकारीले झाडापखला,र्यालको माध्ययबाट रगत बाहिर आउँदा सर्ने बताउनु भयो ।

चार वर्षअघि अफ्रिकी मुलुक गिनी,लाइबेरियानाइजेरियाबाट फैलिएको यो रोगबाट हालसम्म एक हजारभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।

सम्बन्धित शिर्षकहरु