भड्किलो तीज सरकारलाई चुनौती, मानेनन् चेलीबेटीले सरकारको आदेश

साउन ३१ । काठमाडौ,भड्किलो रुपमा पार्टी प्यालेसमा तीज कार्यक्रम नगर्न गृह मन्त्रालयले सूचना सार्वजनिक गरेको छ ।

५० जना भन्दा बढीको उपस्थितीमा हुने भड्किलो तीज गरिएमा आयोजक र पार्टी प्यालेसलाई कारवाही गर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि सूचना जारी नगरेको होइन । तर तीज मनाउन महिलाहरुले नयाँ तरिका अपनाएका छन् ।

विगतमा महिलाका क्षेत्रमा कार्यरत संस्थाहरु आफै खर्च गरेर कार्यक्रम गर्थे । अख्तियारले समात्ने भएपछि सामाजिक कार्यमा सहयोग गर्ने भन्दा भब्य तीज आयोजना गर्न थालेका छन् ।

सम्बन्धित संस्थाले टिकट प्रणाली लागू गरी सदस्य महिलाबाट उल्टो रकम संकलन गर्न थालेका छन् ।

सम्बन्धित संस्थाले सदस्य तथा दर्शकबाट आउने रकम संकलनमा लागेको छ ।

उनीहरुले दुई सय देखि एक हजार सम्मको टिकट विक्री गरिरहेका छन् । टिकटबाट संकलन भएको रकम मध्ये केही प्रतिशत सामाजिक कार्य र बाँकी तीज पार्टीको खर्च भनेर प्रष्ट्याउने गरिएको छ । राजधानी र मोफसलमा हुने बहुसंख्यक तीज पार्टी यसपटक पार्टी प्यालेसमै हुदैछ ।

पोखरेली दिदी-बहिनी समूहकी उपाध्यक्ष विष्णु थकालीका अनुसार सो संस्थाबाट तीज कार्यक्रम गरिदै छ ।

टिकट विक्रीबाट उठेको रकम बचाएर सामाजिक काममा खर्चनका लागि तीज कार्यक्रमको आयोजना गरिएको उनको भनाई छ, ‘हामी पोखराका चेलीबेटी एक ठाउँमा भेटेर रमाइलो गर्ने त छदैंछ, साथै क्यान्सरपीडित हाम्रा दिदी बहिनीलाई सहयोग जुटाउँन पनि हामी लागेका छौं ।’ संस्थाले कम खर्चमा कार्यक्रम गरेर बचेको रकम क्यान्सर पीडितका लागि सघाउने उनले बताइन् । (साभार :राजधानी दैनिकबाट)

 

 

सम्बन्धित शिर्षकहरु