आत्महत्या गर्न खोज्ने ज्वाइँलाई जोगाउन खोज्दा ससुरा बेपत्ता

सप्तरी,नदीमा फालेर आत्महत्या गर्न खोज्ने ज्वाइँलाई बचाउन खोज्दा ससुरा बेपत्ता भएका छन् ।

सप्तरीको मधुवापुर गाविस-७ निवासी १८ वर्षीय नारायण शर्माले नदीमा हामफालेर आत्महत्या गर्न खोज्दा उनलाई जोगाउने क्रममा बेल्हास्थित खोलामा डुबेर जिल्लाका त्रिकोल गाविस-६ निवासी रामचरण शर्मा शुक्रबार बेपत्ता भएका हुन् ।

साठी वर्षीय शर्माको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

खोलामा हामफाली आत्महत्या गर्न खोज्दा नारायणलाई खोलाले बगाउँदा बेलाहा गाउँस्थित खोलाबाट स्थानीयवासीले उद्धार गरी उपचारका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु