इरानमा जहाज दुर्घटना: ४८ को मृत्यु, ३ घाइते

एजेन्सीको सहयोगमा असनेपाल न्युज सम्बाददाता/

साउन २६, काठमाडौँ – इरानको आजद सहरमा एक यात्रुबाहक विमान दुर्घटना हुँदा ४८ जनाको मृत्यु भएको छ । दुर्घटनामा परी ३ जना घाइते भएका छन् । इरानका स्थानीय संचारमाध्यमले जनाएअनुसार इरानको मेहेदावाल विमानस्थलबाट उडेको केही मिनटमै विमान दुर्घटना भएको हो ।

शेपहन एयरलाइन्सको उक्त विमान विमानस्थलबाट उडान भरेको केहि समयमा आजद सहरको आवसीय बस्तीमा खसेको थियो । विमानमा दुई शिशु र १२ वर्ष मुनिका बालबालिका रहेको स्थानीय अधिकारीहरुले बताएका छन् ।

मेहेदबालबाट तबसा तर्फ गइरहेको विमान पुरानो भएर खराबी भएकाले दुर्घटना भएको जनाइएको छ । विमान खस्दा घाइते भएका ३ जनाको अस्पतालमा उपचार भइरहेको स्थानीय संचारमाध्यमहरुले जनाएका छन् ।  उक्त दुर्घटनाग्रस्त विमान सन् १९९० मा रसियामा बनेको जनाइएको छ ।

सम्बन्धित शिर्षकहरु