हुँदा हुँदा यार्सागुम्बा पनि नक्कली?

साउन २४, काठमाडौँ– नक्कली सम्मान र खाध्न्यानमा मिसावटका घटना त नेपालमा सामान्य नै भैसके । तर बहुमूल्य जडिबुटी यार्सागुम्बा पनि नक्कली बनाएर बिक्रि हुन्छ भन्ने सुन्दा सायद हामीलाई विश्वास लाग्दैन होला । तर सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलबाट खटिएको टोलीले नक्कली यार्सागुम्बासहित तीन जनालाई पक्राउ गरेको छ।yarsagumba

भीमदत्त नगरपालिकाको सुकासाल क्षेत्रबाट नक्कली यार्सासहित बर्दिया शिवपुर–९ का रामबहादुर रोकाया, बर्दियाकै राजेन्द्र शाही र जुम्लाका धरम धिताललाई पक्राउ गरेको हो। उनीहरूबाट ५० भन्दा बढी नक्कली यार्सासमेत बरामद गरेको टोलीका एक सुरक्षा अधिकृतले जानकारी दिए ।

‘४ सयभन्दा बढी यार्सा बिक्री गरिसकेको रहेछ,’ ती अधिकृतले भने, ‘प्रतियार्सा एक सयदेखि ५ सय रुपैयाँमा बिक्री गरेको भेट्टियो।’ बरामद गरिएको यार्सा नक्कली भएको उनले बताए। ६ जनाको समूहमा रहेका उनीहरूमध्ये तीन जना फरार भएका थिए। पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरलाई बुझाइएको छ।

क्षेत्रीय अनुसन्धान एवं नियन्त्रण सहयोग टोलीले बिहीबार पनि लागू औषध ओसारपसारमा संलग्न फरार अभियुक्त भीमदत्त–६ ऐटपुरका ७६ वर्षीय विरादत्त जोशीलाई पक्राउ गरेको थियो। जिल्ला अदालत कञ्चनपुरबाट १० महिना १५ दिन कैद सजाय पाएका जोशी डेढ वर्षदेखि फरार थिए। उनलाई बिहीबारै जेल चलान गरिएको छ।

– See more at: http://nagariknews.com/society/story/22644.html#sthash.oDd04A3a.dpuf

सम्बन्धित शिर्षकहरु