साउन २१ ।काठमाडौ, प्रधानमन्त्री सुशील कोइरालालाई ‘ट्युमरलाईसिस सिन्ड्रोम’का कारण कमजोरी, खोकी, ज्वरो लगायतका समस्याले
ग्रसित भएको कारण आज उहाँले कुनै पनि कार्यक्रम तथा भेटवार्ता नगर्ने हुनु भएको छ ।
उहाँले आज पनि कुनै औपचारिक भेटवार्ता तय गर्नुभएको छैन ।
फोक्सोमा देखिएको क्यान्सरको गाँठो उपचारपछि पग्लदै जाँदा यस्तो समस्या देखिएकाले धपेडी गर्न नहुने सुझाव चिकित्सकहरुले उहाँलाई सुझाव दिएका छन ।
उहाँले आज पनि औपचारिक कार्यक्रम तय नगर्नु भएको प्रेस संयोजक प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
कम्तिमा कोइरालाले साढे दुई महिना आराम गर्नु पर्ने चिकित्सकको सुझाव छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणका क्रममा केही धपेडी भएपछि त्यसपछिको भेटवार्तालाई भने उहाँले कम गर्दै लैजानुभएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणका क्रममा सोल्टी होटलमा भाषण गर्दा गर्दै प्रधानमन्त्री कोइराला आत्तिएपछि कम गर्न सुझाव दिइएको थियो ।
उहाँलाई चिकित्सकाले भिडभाडमा नजान र बढी व्यक्तिसँग भेटवार्ता नगर्न सुझाव दिँदै आएका छन् ।








