भदाै ६, अोखलढुंगा । ओखलढुंगाको सदरमुकाममा अवस्तित सगरमाथा जनता माध्यमिक विद्यालयका विद्यार्थीहरुले समुह बनार्इ मदिरा सेवन गरेर कुटाकुट गरेपछि विधालयले आठ विद्यार्थी विरुद्ध सार्वजनिक मुद्धा दर्ता गरेको छ । सम्झाउँदा नमानेको र विद्यालयमै मारामार गर्ने अवस्था आएपछि प्रहरी बोलाउन बाध्य भएको विद्यालयले जनाएको छ ।
आइतबार दुई समुहका विद्यार्थीहरुबीच विद्यालयमा नै झगडा परेपछि विद्यालय प्रशासनको अाग्रहमा प्रहरीले विद्यालयबाटै आपसी झगडा गर्ने आठजनालाई पक्राउ गरेको थियो। पक्राउ पर्नेहरुमा मानेभञ्ज्याङ गाउँपालिका—४ का आकाश तामाङ, जीवन तामाङ, रेन्जिङ तामाङ, सम्शेर तामाङ, नविन तामाङ, नविनकुमार तामाङ, सिद्धिचरण नगरपालिका—११ का निरज राई र सुजन राई रहेका छन्।
पक्राउ पर्ने विद्यार्थीका अभिभावकहरु भने विद्यालयबाटै समस्या समाधान गर्नुको सट्टा प्रहरी बोलाएर सार्वजनिक मुद्धा चलाएको भन्दै आक्रोशीत छन् भने शुक्रबारदेखि नै उत्पन्न विवाद दुई गाउँबीच केन्द्रीत हुने खतरा देखेपछि प्रहरी बोलाउनु परेको विद्यालयको भनाइ छ।








