सिन्धुपाल्चोक पहिरोमा परेकाको शव भेटिएपनि काजकिरिया गर्ने कोही भेटिएनन्

साउन २० । सिन्धुपाल्चोक, सीमा नाका तातोपानीमा बसेर खासा व्यापारीको सहयोगीको काम गर्दै आएका बुद्ध तामाङ (कालु) हरेक शुक्रबार घर आउँथे ।

दुई रात परिवारसँग बिताएर र्फकन्थे । दस वर्ष यसरी नै वित्यो ।

त्यो शुक्रबार भने उनी घर र्फकन पाएनन् ।

‘गाडी पाइएन, आज घर आउन नसक्ने भएँ” कालुले बेलुकी श्रीमती कान्छीलाई फोन गरेर भने ।
‘कोदो रोप्नु छ, भोलि (शनिबार) बिहानसम्म त जसरी भए पनि आउनू,’ कान्छिले आग्रह गरिन् ।
‘ल ल हुन्छ, आउँला’ कालुले आश्वासन दिए ।

कालुको जिन्दगीको घाम कहिल्यै नउदाउने गरी अस्तायो ।

कालु जस्तै राम लामा पनि यसैगरी लुटिएका छन् । पहिरोले सुनकोशी थुनेर आएको यो अवस्थाबाट आफूहरुको जीवनमा त्यो भन्दा भयानक पहिरो जान्छ भन्ने उनीहरुले कहिल्यै सोचेका थिएनन् ।

प्रहरीले पहिरोमा परेकाहरुको उद्दार कार्य जारी राखेको छ । पहिरोमा परेकाहरुको उद्दार गर्दा अहिलेसम्म ३३ जनाको शव भेटिएको छ ।

शव भेटिएपनि उनीहरुको लागि रोइदिने र काजकिरिया गर्ने कोही नभेटिएको प्रहरीले बताएको छ ।

पहिरोमा परेर सबै आफन्त हराएकोले मृतक भेटिएकाको पनि सनाखत गर्ने र अन्तिम संस्कार गर्ने कोही नभेटिएको हो ।
(नागरिक दैनिकबाट साभार)

 

सम्बन्धित शिर्षकहरु