साउन १९ । काठमाडौँ, नेपाल भ्रमण रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पशुपति क्षेत्रको बृहत् भौतिक पूर्वाधार विकासका लागि भारु २५ करोड सहयोगको प्रतिबद्धता गर्नुभएको छ ।
पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव डा गोविन्द टन्डनले नेपालस्थित भारतीय राजदूतावासमार्फत आफूलाई सो जानकारी आएको पत्रकारहरुलाई बताउनुभयो
।साउने सोमबारेका अवसर पारेर भारतीय प्रधानमन्त्री मोदी पशुपतिमा पुगेर विशेष पूजा गर्नु भयो ।








