साउन १७ ।सुर्खेत, प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमिरेका एक सुरक्षा गार्डले पेस्तोलले बायाँ कन्चटमा हानेर आत्महत्या गरेका छन् ।
सुरक्षार्थ खटिएका एक प्रहरी जवान ढिकपुर–७ दाङ घरभएका २८ वर्षीय शिवकुमार केसीले शुक्रबार साँझ आफू बस्ने क्वाटरमै पेस्तोलले बायाँ कन्चटमा हानेर आत्महत्या गरेका हुन ।
सुरक्षागार्ड कमान्डरले प्रयोग गर्ने ७.६२ एमएमको चाइनिज पेस्तोलले हानेर उनले आत्महत्या गरेका हुन् ।
कमान्डर प्रहरी हबलदार नवराज श्रेष्ठ ड्युटी सकेर नुहाउन गएका बेला प्रहरी जवान केसीले सिरानमुनि राखेको पेस्तोल आफैँमाथि प्रहार गरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
घटनालगत्तै केसीलाई उपचारका लागि मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पुर्याएपछि मृत घोषणा गरिएको थियो ।
क्वाटरभित्र गोली पड्केको ड्युटीमा रहेका प्रहरी जवानले सुनेका थिए । प्रहरी जवानले क्वाटरभित्र धुँवाको मुस्लो देखेपछि सुरक्षागार्ड कमान्डरलाई खबर गरेका थिए ।
घटनाबारे अनुसन्धान भइरहेको जिप्रकाका प्रमुख अधिकारीले बताउनुभयो । उहाँका अनुसार अनुसन्धानको प्रारम्भिक चरणमा केसीले केही
समय अगाडि मात्रै श्रीमतीसँग फोनमा कुरा गरेको थियो ।








