विष्फोटक पदार्थद्वारा मलेसियन विमान दुर्घटना भएको निष्कर्ष

साउन १३ ।काठमाडौ,युक्रेनी अधिकारीले विमानमै भएको विष्फोटक पदार्थका कारण मलेसिया एयरलाइन्सको विमान पूर्वी युक्रेनमा दुर्घटना भएको निष्कर्ष निकालेका छन ।

दुर्घटनाग्रस्त मलेसिया एयरलाइन्सको उडान एमएच १७ को विमानको ब्ल्याक बक्सको अध्ययनबाट विमानमै रहेको विस्फोटक पदार्थका कारण विस्फोट भएको देखिएको हो ।

विमानको ब्ल्याक बक्सबाट प्राप्त तथ्याङ्क बेलायतमा लिपिबद्ध गरिएको छ ।

एमएच १७ को विमान दुर्घटनास्थलमा नियन्त्रण गर्ने रुससमर्थक विद्रोहीले उक्त ब्ल्याक बक्स मलेसियाली अधिकारीलाई हस्तान्तरण गरेका थिए र यसपछि उक्त उपकरणलाई बेलायत लगिएको थियो ।

यस अनुसन्धानको नेतृत्व नेदरल्यान्ड्सले गरेको छ । उक्त विमान दुर्घटनामा नेदरल्याण्ड्सका १सय९३ नागरिकको मृत्यु भएको थियो ।

सम्बन्धित शिर्षकहरु