४ दिनको शिशु अस्पतालमै छोडेर आमा भागिन

असनेपाल न्युज सम्बाददाता/

साउन ८, काठमाडौँ- कञ्चनपुरको महाकाली अंचल अस्पतालमा एक महिलालले बच्चा जन्माएर फरार भएकी छिन् । बुधबार दिउँसो २ बजेतिर अस्पतालमा बच्चा जन्माएर ती महिला फरार भएकी हुन् ।

कन्चनपुरमा कार्यरत महिला अधिकार कर्मी भुवन कुँवरका अनुशार अस्पतालको संस्थागत क्लिनिक बाहिर बच्चा जन्माएर त्यहि छोडी महिला भागेकी थिइन । बच्चा जन्मेको चारदिनसम्म पनि  दिसा नखुलेको भन्दै ती महिलाले अस्पतालबाट औषधि लगेको महाकाली अञ्चल अस्पतालका महेशराज जोशीले जानकारी दिनुभयो । अवैध गर्भ रहेका कारण उक्त बच्चा छोडी ती महिला फरार भएको हुनसक्ने जोशीले बताए पनि उनि भाग्नुको सत्य कारण भने अझै खुल्न नसकेको कुँवरले बताउनुभयो ।

फरार महिलाको खोजी भइरहेको प्रहरीले जनाएको छ । बच्चालाई अधिकार कर्मिको रोहबरमा अस्पतालमै राखिएको अधिकारकर्मी कुवरले असनेपाल न्युजलाइ जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षकहरु