भदौ १४ ।सर्लाही,सर्लाहीको नोकेल्वामा आज अज्ञात व्यक्तिले घरमै सुतिरहेकी एक युवातीको गोली हानी हत्या गरेको छ ।
नोकेल्वा गाविस वडा नम्वर २ स्थित घरमा २३ वर्षिया अमृता महतोको बिहान २ बजे गोली हानी महिलाको हत्या गरिएको प्रहरीले जनाएको छ ।
अमृता श्रवण महतोकी कान्छी श्रीमती हुन् ।
परिवारमा जेठी र कान्छी श्रीमतीबीच लामो समय झै झगडा हुने गरेको थियो ।
प्रहरी टोली राती नै घटनास्थल पुगेर घटनाबारे अनुसन्धान गरिरहेका छन ।








