इजरायली सेनाको कारवाहीमा मर्नेको संख्या ३ सय ३०

साउन ४ । काठमाडौ, इजरायली सेनाले जारी राखेको हमासविरुद्धको कारबाहीमा मारिनेको संख्या ३ सय ३० पुगेको छ ।

 

इजरायलले विवादित गाजा क्षेत्रमा हमासबिद्रोही बिरुद्ध करिब १० दिनदेखि जारी राखेको कार्वाहीमा मारिने ३ सय भन्दा बढि सर्वसाधारण नागरिक रहेको अधिकारीहरुले जनाएका छन् ।

 

शुक्रबारदेखि स्थल हमला सुरु गरेको इजरायलले गाजा पट्टिमा निरन्तर हमला जारी राखेको छ ।

 

हमास बिद्रोही सुरुङमार्ग हुँदै इजरायल प्रवेश गर्न लागेको भन्दै इजरायलले हवाई हमला रोकेर स्थल कार्वाही सुरु गरेको थियो ।

 

हमास बिरुद्धको कार्वाहीमा आफ्ना दुई सैनिकको मृत्तु भएको इजरायली सेनाका प्रवक्ताले जनाएका छन् । इजरायलले हमासबिरुद्ध कार्वाही कडा पार्ने भन्दै गाजाका नागरिकलाई शहर छोड्न चेतावनी दिएको छ ।

 

हमासले इजरायललाई केन्द्रीत गर्दै रकेट आक्रमण जारी राखेपनि इजरायली सेनाले रकेटलाई आकाशमै निष्तेज पारेकाले इजरायलमा ठूलो क्षेती हुन नपाएको जनाईएको छ । इजरायली सेनाको कार्वाहीका कारण गाजा क्षेत्रमा ४ हजार घरपरिवार बिस्थापित भैसकेका छन् ।

 

इजरायल र प्यालेष्टाईनलाई युद्धबिराम गर्न परेको अन्तराष्ट्रिय दबाबले खासै असर नगरेको अधिकारीहरुको भनाइ छ ।

सम्बन्धित शिर्षकहरु