लिंग लम्ब्याउन खोज्दा सम्पत्ति सखाप

अस्ट्रेलियाका एक ३२ वर्षीय विल्डर त्यतिबेला निकै दुःखी भए जतिबेला उनले लिंगको लम्बाई बढाउनका लागि अपरेशन गरेका थिए । तर, अपरेशन असफल भयो । परिणामस्वरुप उनको ७ सेन्टिमिटरको लिंग झनै छाटो भयो । स्मरणरहोस् उनले लिंगको लम्बाई बढाउनका लागि आफ्नो घरसमेत बन्धकी राखेका थिए ।

युवकका अनुसार उनले अपरेशनका लागि ४५ हजार डलर जुटाएका थिए । तर, उनलाई अर्को पनि अपरेशन गर्नुपर्ने भएको छ। किनभने आफ्नो माइक्रो पेनिसका कारण उनी निकै दुःखी छन् । त्यसबाट मुक्तिका लागि उनले अझै ५० हजार डलर खर्च गर्नुपर्ने छ । त्यसपछि मात्र दोस्रो अपरेशन हुनेछ ।
अस्ट्रेलियाबाट एमएसएनका अनुसार माइक (काल्पनिक नाम) को लिंग यति छोटो भयो कि उत्तेजित अवस्थामा पनि सात सेमीभन्दा लामो हुँदैन थियो ।
युवकका अनुसार यो केवल लिंगको कुरा मात्र होइन, यसका कारण उनको आत्मसम्मानमा पनि आघात पुगेको छ। उनी गहिरो तनाव महशुस गरिरहेका छन् । उनी यसकै कारण विद्यार्थीकालबाटै तनावमा छन् । उनले फुटबल खेल्न र अन्य पुरुषहरुका साथ एकसाथ शावरमा नुहाउन समेत सकेका छैनन् ।
ब्रिटेनको द मिररमा पैट्रिक मुलक्रोन लेख्छन्–पहिलो अपरेशनका क्रममा लिंगलाई लामो र मोटो नाउनु थियो, तर त्यसो हुन सकेन । पहिला पनि सफल अपरेशनका लागि उपयुक्त चिकित्सक पाउन समस्या थियो ।
उनी भन्छन्, देशमा राम्रा सर्जन छन् भने निकै फ्राड पनि छन् । उनी यति उदास छन् कि आफ्नो पहिलो सर्जरीपछि उनी कुनै पनि महिलासँग भेट गरेका छैनन् । उनी भन्छन्, मेडिकलसँग सम्बन्धित मानिसहरुले पनि मेरो समस्यालाई गम्भीरतापूर्वक लिएनन् । एजेन्सी

 

सम्बन्धित शिर्षकहरु