साउन २ ।प्युठान,जिल्लाको रजवारा-१ निवासी बमबहादुर केसीले श्रीमतीको रिसले आफ्नै घरमा आगो लगाएका छन् ।
श्रीमान-श्रीमतीबीचमा सामान्य झगडापछि श्रीमती माइत गएको समयमा २६ वर्षीय केसीले आफ्नो घरमा आगो लगाएको स्थानीयवासीले बताएका छन् ।
केसीका बाबु,आमा र भाई भारतमा रोजगारीको सिलसिलामा गएको र केही वर्षदेखि उतै बस्दै आएका छन् ।
आगो स्थानीयवासीले नियन्त्रणमा लिएका छन् ।
घरमा खान र लगाउनसमेत समस्या पर्ने गरेको भन्दै श्रीमती सावित्रा केसीले आफू साउने सङ्क्रान्ति मान्न लागि माइत गएको समयमा आगो लगाएको बताउनुभयो ।








