साउन १ ।सप्तरी, सप्तरीमा आज यात्रुवाहक बस पल्टिँदा २६ जना यात्रु घाइते भएका छन् ।
वीरगन्जबाट विराटनगर जाँदै गरेको ना४ख ३०८२ नम्बरको यात्रुवाहक बसले अर्को गाडीलाई ओभरटेक गर्ने क्रममा पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको त्रिकोल-८ स्थित सडकमा बस दुर्घटना भएको हो ।
सडकको दाँहिने छेउमा पल्टिएर भएको उक्त दुर्घटनामा परी २६ जना यात्रु घाइते भएको प्रहरीले जनाएको छ ।
घाइतेमध्ये पाँचजनाको अवस्था गम्भीर छ ।
दुर्घटनामा परी गम्भीर घाइते भएका सर्लाहीको हेमनगर-६ निवासी ४५ वर्षीय शिवकुमारी देवी, सुनसरीको इनरुवा नगरपालिका-६ निवासी २५ वर्षीया सुष्मा रेग्मी, सोही ठाउँका ४८ वर्षीय तुलसीप्रसाद रिजाल, सप्तरीको रुपनगर-६ निवासी लहरीदेवी यादव र सोही ठाउँका ३० वर्षीय अरुण भुजेललाई उपचारका लागि विराटनगरस्थित न्युरो अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।








