किन परिन् शुभेच्छा थापा निलम्बनमा ?

काठमाडौं, बौद्ध धर्मालम्बीले फूलको रुपमा प्रयोग गर्ने पवित्र खादाले गोप्य अंग ढाक्दै नायिका शुभेच्छा थापाले गरेको फोटोसुट उनका लागि महंगो सावित भएको छ । यहि प्रकरणपछि नेपाल चलचित्र कलाकार संघले ६ महिनाको लागि उनलाई सदस्यबाट निलम्बन गरेको छ ।

संघको शनिवार बसेको बैठकले सुभेच्छालाई निलम्बन गरेको जानकारी संघका अध्यक्ष रामकेशर बोगटीले दिएका छन् ।

बोगटीले भने, ‘संघले सुभेच्छालाई छ महिनाका लागि निलम्बन गर्‍यो । यो कार्वाही प्रकृयाले अरु कलाकारलाई पनि सजग बाउने आशा छ ।’ आचरण सुधारेमा ६ महिनापछि स्वतः कार्वाही फुकुवा हुने जानकारी दिंदै बोगटी भन्छन् ‘यदि यस्तै हर्कत गरिन् भने हामी थप कडा कार्वाही गर्न वाध्य हुने छौं ।’

अन्य नायिकाको तुलनामा अभिनयमा कमजोर छिन् सुभेच्छा थापा । त्यसैले पनि चर्चामा आउनका लागि अंगप्रदर्शनमा भर पर्दै आएकी छिन् । बढिभन्दा बढि खुलेर फोटो सेसन गरेपछि सबैको नजरमा परिन्छ भन्ने मान्यता छ उनको ।

गत वर्ष माछाले बक्षस्थल छोपेको तस्बिर खिचाएर चर्चामा आएकी सुभेच्छाले यसपाली खादाले बक्षस्थल छोपिन् र त्यहि खाँदालाई कम्मरमुनी कछाडको रुपमा प्रयोग गरिन् । सुभेच्छाले बौद्धधर्मालम्बीको अपमान गरेको भन्दै सामाजिक सञ्जालमा उनीबिरुद्ध आक्रोश ब्यक्त भयो ।

राजु गिरी निर्देशित चलचित्र ‘बिन्दास–३’ मा अभिनय गरेकी सुभेच्छाकोे यसपालीको हर्कत भने आत्मघाति सावित भएको छ । यसबाट फिल्मको भविष्यसमेत जोखिममा परेको देखिन्छ । शेर्पा समुदायका केही संस्थाहरुले बिन्दास(३ बहिस्कार गर्नुपर्ने बताईरहेका छन् ।

सम्बन्धित शिर्षकहरु