प्रधानमन्त्री साउन ६ गते नेपाल आउने

साउन १ ।काठमाडौँ,स्वास्थ्य उपचारको लागि अमेरिका पुग्नु भएका नेपाली काँग्रेसका सभापति एवम् प्रधानमन्त्री सुशील कोइराला साउन ६ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री कोइराला अमेरिकाको न्युयोर्कस्थित स्लोन मेमोरियल केटरिङ सेन्टरमा उपचारपछि स्वास्थ्यलाभ गरी स्वदेश फर्कन लाग्नु भएको हो । हुनुहुन्छ ।

उहाँ सो दिन राति ८:५ बजे इतिहाद एयरलाइन्सको उडानद्वारा काठमाडौँ आउने कार्यक्रम रहेको काँग्रेसका मुख्य सचिव ऋषिकेश तिवारीले जानकारी दिनुभयो ।

उहाँ गत असार २ गते आफ्नो स्वास्थ्योपचारका लागि अमेरिका फर्कनु भएको थियो ।

सम्बन्धित शिर्षकहरु