समुद्र आसपासमा अलपत्र आगलागी पीडितलाई पानीजहाजमार्फत् उद्धार गरिँदै

अस्ट्रेलिया । अस्ट्रेलियाको सेनाले भिक्टोरिया तटमा रहेको मल्लाकुटा शहरमा आगलागीबाट प्रभावित सयौँ मानिसहरूलाई बाहिर निकाल्न सुरु गरेको छ ।त्यहाँ करिब ४ हजार मानिस गएको सोमबारदेखि समुद्रको आसपासमा अलपत्र अवस्थामा रहेका छन् ।

राज्यका प्रिमियर डेनियल एन्ड्रूजले ती क्षेत्रमा फँसेका मानिसलाई सेनाको पानीजहाजमार्फत् उद्धार शुरु भएको बताएका छन् । उनले एकपल्टमा करिब १ हजारको हाराहारीमा मानिसहरूको उद्धार गरिने भएकाले सेनाले पटकपटक गरेर त्यहाँ फँसेका मानिसहरूको उद्धार गर्ने जानकारी दिए ।

अलपत्र पर्नेमा पर्यटक र स्थानीय बासिन्दा समेत रहेका छन् । त्यहाँबाट हजारौँ मानिस न्यू साउथ वेल्सतिर पनि गएका छन् । त्यहाँ संकटकालको घोषणा गरिएको छ । गएको सेप्टेम्बरदेखि भएको आगलागीमा परेर अहिलेसम्म दुई राज्यमा १९ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षकहरु