काठमाडौं । जाजरकोटमा भएको बस दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।
जाजरकोटबाट खारा जाँदै गरेको ना ३ ख २२७९ नम्बरको भेरी गंगा यातायातको बस दुर्घटनामा परेको थियो । बस दुर्घटनामा परेकामध्ये ६ जनाको मृत्यु भएको पुष्टि भएको पत्रकार बद्री पन्तले जानकारी दिए ।
घटनास्थलमा रहेका रवी शाहका अनुसार मृतकको संख्या अझै बढ्न सक्ने देखिएको छ । भेरीमालिका नगरपालीका वडा नम्बर ४ मा बस दुर्घटनामा परेको हो । बसमा अत्यधिक यात्रु रहेका र भीरबाट बस खसेको हुनाले उद्दारमा कठिनाई भएको बताइएको छ ।
३५ जना घाइतेलाई अस्पताल पुर्याइएको पत्रकार पन्तले जानकारी दिए । बसमा क्षमता भन्दा बढी यात्रु रहेको र ब्रेक फेल भएर दुर्घटनामा परेको आशंका गरिएको छ । यसैबीच दुर्घटनामा परेकाको उद्दारका लागि काठमाडौंबाट हेलिकप्टर जाँदैछ ।
नेपाली सेनाको नाइटभिजन हेलिकप्टर काठमाडौंबाट जाने तयारीमा छ ।








