सिड्नि। अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह अष्ट्रेलियामा आइतवार आइपुगेका छ्न्। उनलाई सिड्नी विमानस्थलमा अस्ट्रेलिया स्थित राजदुतावासका प्रतिनिधि राजेन्द्र पाण्डे ,पारस पण्डित , न्यु साउथ वेल्स का महावाणिज्य दुत दिपक खड्का लगायतले स्वागत गर्नुभएको थियो । यहाँ रहँदा उनले भ्रष्टाचार नियन्त्रणसम्बद्ध निकायका प्रमुख, न्यायमन्त्री र उच्च सरकारी अधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको दुतावासले असनेपालन्युजलाई जानकारि दिएको छ । भ्रष्टाचार नियन्त्रणका दिशामा आ-आफ्नो मुलुकको अनुभव आदानप्रदान गर्नाका साथै द्विपक्षीय सहयोग अभिवृद्धि गर्ने विषयमा कुराकानी हुने जनाइएको छ । भ्रष्टाचार नियन्त्रणमा देखिएको चुनौती र सुशासन प्रबद्र्धनमा अपनाउनुपर्ने नवीन उपाय र सम्भावनाका सन्दर्भमा छलफल हुनेछ भने उनी ५ गते नेपाल फर्कनेछन् । हाल क्यानवेरा मा रहेका लोकमान सिंहले अस्ट्रेलियामा रहेका नेपालीहरू विचको भेटघाट का वारेमा भने अझै कुनै जानकारि गराएका छैनन्।








