युक्त राष्ट्रसंघद्वारा इजरायल र प्यालेष्टाईनलाई युद्ध बिराम गर्न आग्रह

असार २९ । काठमाडौ, संयुक्त राष्ट्र संघको सुरक्षा परिषद्ले गाजा पट्टिमा इजरायल र प्यालेष्टाईनबिच जारी युद्ध बिराम गर्न आग्रह गरेको छ ।

युद्धको राजनीतिक निकास खोज्न भन्दै सुरक्षा परिषद्ले शान्ति बहाली र बार्ताको प्रक्रिया पुन सुरु गर्नु पर्ने बताएको छ ।

गाजामा इजरायली हमलामा मर्नेको संख्या बढिरहेका बेला संयुक्त राष्ट्र संघका सबै १५ सदस्यको सहमतिमा युद्ध बिरामका लागि अपिल गरिएको हो ।

प्यालेष्टाईनी अधिकारीहरुका अनुसार गाजा क्षेत्रमा पाँच दिनदेखि जारी संघर्षमा हालसम्म कम्तिमा १ सय ३३ प्यालेष्टाईनीको मृत्यु भैसकेको छ ।
इजरायलले भने हमास बिद्रोहीले लगातार रकेट आक्रमण गरिरहेको बताएको छ ।

संयुक्त राष्ट्र संघले इजरायलको आक्रमणमा गाजा क्षेत्रमा मारिनेमा ७७ प्रतिशत सर्वसाधारण नागरिक रहेको जनाएको छ ।

सम्बन्धित शिर्षकहरु