एजेन्सी/
असार २८, काठमाडौँ- ब्राजिलमा जारि विश्वकप फुटबलमा तेस्रो स्थानकालागि आज प्रतिस्पर्धा हुदै छ ।
आज हुने खेलमा गत विश्वकपकोको उप विजेता नेदरल्याण्ड र पाँच पटकको विश्व बिजेता तथा आयोजक राष्ट्र ब्राजिल प्रतिस्पर्धामा हुनेछन् । ब्राजिल जर्मनीसँग सेमीफाइनलमा ७–१ गोल अन्तरले पराजित भएको थियो भने नेदरल्याण्ड ट्राइब्रेकरमा अर्जेन्टिनासँग ४–२ गोल अन्तरले पराजित भएको थियो । सेमिफाइनलमा पराजित यी २ टिम आज तेस्रो स्थानमा भिड्न लागेका हुन् ।
उपाधिको दाबेदार मानिएका दुवै टिम उपाधी होडबाट बाहिरिएको भएता पनि सान्त्वनाको लागी आजको खेलमा जित्ने प्रयासमा हुने छन् । सेमी फाइनलजस्तै आजको खेलमा पनि ब्राजिलियन स्टार नेइमार टिममा हुने छैन । खेल्न असमर्थ भए पनि खेल प्रत्यक्ष हेर्न भने उनि रंगशालामा उपस्थित हुने बताइएको छ । उता २ पहेलो कार्ड पाएर सेमिफाइनल गुमाएका ब्राजिलियन कप्तान टि सिल्भ भने आज खेलमा फर्कने छन् । ७-० को नमिठो हार मार्फत निराश भएका ब्राजिलियन फ्यानका लागि आजको जितले सान्त्वना प्रदान गराउने पक्षमा ब्राजिलियन टिम छ ।








