एमाले महाधिबेशन: रातभर मतदान, आज अपरान्हबाट मतगणना हुने

असनेपाल न्युज संबाददाता, असार २८ । काठमाडौँ, एमालेको काठमाडौँमा जारि महाधिबेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान बिहान पौने तिन बजे बल्ल सकिएको छ ।

शुक्रबार बिहानबाट शुरु हुने भनिएको भएता पनि तयारी पूरा नगर्दा शुक्रबार साँझ साढे ५ बजेदेखि सुरु भएको थियो ।

एमाले निर्वाचन आयोगका अनुशार एमालेका २ हजार १ सय ७६ महाधिबेशन प्रतिनिधिमध्ये २ हजार १ सय ५१ ले मात्र मतदान गरेका छन् । मतगणना भने आज अपरान्हबाट शुरु गर्ने सहमति भएको निर्वाचन आयोगका एक सदस्यले जानकारी दिएका छन् ।

आयोगले दशरथ रंगशालाको कबर्ड हल, भृकुटीमण्डप, सभागृह, प्रज्ञा प्रतिष्ठान वा पार्टी मुख्यालयमध्ये एक ठाउँमा मतगणना गर्न सकिने प्रस्ताव गरेको भएता पनि हाल सम्म स्थानको टुंगो लागेको छैन । असार १९ गतेदेखि काठमाडौंमा सुरु भएको नवौँ महाधिवेशन नयाँ नेतृत्व चयनसँगै सकिनेछ । एक सय ५९ सदस्यीय केन्द्रीय कमिटीका लागि माधवकुमार नेपाल र केपी शर्मा ओली समूहले समूहगत प्रतिस्पर्धा गरेका थिए । यस्तै केन्द्रीय निर्वाचन आयोग, लेखा परीक्षण आयोग र अनुशासान आयोगका पदाधिकारीको पनि निर्वाचन एकैसाथ गरिएको थियो ।

अध्यक्षमा नेपाल र ओलीबीच कडा प्रतिस्पर्धा देखिएको छ भने अन्य पदमा मिश्रित परिणाम आउने अनुमान गरिएको छ । एमालेको नवौँ महाधिवेशन राजनीतिक क्रान्ति पूरा भएको निष्कर्ष निकाल्दै आर्थिक क्रान्तितर्फ अगाडि बढ्ने निष्कर्षमा पुगेको छ ।

सम्बन्धित शिर्षकहरु