नहरमा पौडी खेल्न गएका ८ बर्षीय बालकको मृत्यु

असार २७ । दमक, झापामा कन्काई नहरमा डुबेर ८ बर्षीय बालकको ज्यान गएको छ ।

नहरको पानीमा पौडी खेल्ने क्रममा झापा शिवगन्ज-४ का ८ वर्षीय प्रदीप सुन्दासको डुवेर ज्यान गएको प्रहरीले जनाएको छ ।

बिहीबार अपरान्ह उनी साथीसँग नहरमा पौडी खेल्न जाँदा यो घटना घटेको हो ।

शिवगन्ज-२ को कन्काई मूल नहरमा पस्ने बित्तिकै नहरकै साइफनमा अड्किएर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय शिवगन्जले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु