भरतमोहन अधिकारी पार्टीको कुनै पनि पदमा नबस्ने

असार २५ । काठमाडौं, बिक्रम सम्बत २०१० सालदेखि नेपाली कम्न्युनिष्ट पार्टीको नेतृत्व तहमा रहदै आएका नेकपा एमालेका नेता भरतमोहन अधिकारीले अब पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

उक्त पार्टीको काठमाडौँमा जारि नवौ  महाधिवेशनको बुधबार बिहानको सत्रमा उनले यस्तो घोषणा गरेका हुन् ।

बन्द सत्रलाइ सम्बोधन गर्ने क्रममा पार्टीको नेतृत्व अब नयाँ पुस्ताले गर्नु पर्ने भन्दै नेतृत्व हस्तान्तरणमा बाधक नबन्न यस्तो निर्णय लिएको सुनाए । उनले पार्टीको कुनै पदमा नबस्ने घोषणा गरेपछि एमाले महाधिवेशन हल तालीले गुन्जेको थियो । अब  अरु पुराना नेताहरुले पनि अधिकारीको जस्तै उदारता देखाउदै नया पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने साहश गर्नुपर्ने एक युवा नेताले असनेपाल न्युजलाइ बताए ।

नेकपा एमालेमा अधिकारी सबैभन्दा पुराना मध्यका एक नेता मानिन्छन । २०५१ सालको सर्वाधिक लोकप्रिय ९ महिने सरकारका बेला अधिकारी अर्थमन्त्री रहेका थिए । नेपालमा सामाजिक सुरक्षाकार्यक्रम जस्तै बृद्द भत्ता, स्थानीय निकाय जस्तै गाबिस लाइ सिधै बजेट बिनियोजन गर्ने जस्ता कामको सुरुवात di

नेकपा एमालेका नेता भरतमोहन अधिकारीले  पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरेका छन् ।

बिहान भएको बन्द सत्रमा उनले नयाँ पुस्तालाई  अगाडि ल्याउन आफू पार्टीको कुनै पदमा नबस्ने घोषणा गरेका हुन्। उनले बन्द सत्रमा यस्तो घोषणा गरिरहदाँ महाधिवेशन प्रतिनिधिले तालीको गडगढाहडले स्वागत गरेका थिए । उनी  २०१० सालदेखि नेपाल कम्युनिस्ट पार्टीको नेतृत्वमा रहदै थिए ।

अधिकारी आठौं महाधिवेशनमा उपाध्यक्षमा हारे पनि केन्द्रीय सदस्य जितेर स्थायी समितिमा मनोनित भएका थिए ।

सम्बन्धित शिर्षकहरु