बाँकेको कोहलपुरमा २०० घर डुबानमा

असार २४ । बाँके,चारलेन सडक विस्तारमा पुरानो पानीको निकास थुनेर सडक बनाइँदा बाँके जिल्लामा २०० घर डुबानमा परेका छन्

जिल्लाको कोहलपुर बजारको विद्युत्रोडदेखि गोल्छासम्म डुबानमा परेको छ ।

घरघरमा पानी पस्न थालेपछि आक्रोशित स्थानीयवासीले डोजर प्रयोग गरी नाला भत्काएका छन् ।

कालिका कन्स्ट्रक्सनका निर्देशक युवराज क्षेत्रीले डुबानबारे गुनासो नआएको बताउँदै थुनिएको पानीको निकासका लागि डोजर प्रयोग गरी कामदार खटाएको बताउनुभयो ।
सडक विस्तारका क्रममा ठेकेदारले पुराना पानी निकासका ह्युमपाइप र कल्भर्ट फालेर लापरबाही गरेको भन्दै चार ठाउमा नाला भत्काएर पानीलाई निकास दिइएको छ ।

स्थानीय यमबहादुर रावतका अनुसार चारलेन सडकमा पानीको निकासा थुनिँदा विद्युत्रोडदेखि त्रिभुवन उच्च माविसम्म २०० घर डुबानमा परेका छन् ।
नाला भत्काउन ठेकेदार कम्पनी कालिका कन्स्ट्रक्सनले बेवास्ता गरेको स्थानीयको आरोप छ ।

कोहलपुर नगरपालिकाका प्रशासकीय अधिकृत अमरराज खत्रीले सडकका पानी निकासा हुने पुराना ह्युमपाइप र कल्भर्ट भत्काए पनि नबनाइएकाले घरघरमा पानी पसेको बताउनुभयो ।

कोहलपुरवासीले सडक विस्तारसँगै विद्युत्रोडदेखि गोल्छासम्म नाला विस्तार हुनुपर्ने भन्दै ४० सदस्यीय सङ्घर्ष समितिसमेत गठन गरेका छन् ।

 

 

0

सम्बन्धित शिर्षकहरु