काठमाडौं । मोरंग जिल्ला अदालतले ३८ क्विन्टल सुन तस्करी र सनम शाक्य हत्या काण्डका अभियुक्त बेनु श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
न्यायाधीश नारायणप्रसाद शर्माको एकल इजलासले सुनसरीको इटहरी उपमहानगरपालिका–६ का ३२ वर्षीयय श्रेष्ठलाई आइतबार पुर्पक्षका लागि थुना राख्ने आदेश दिएको श्रेस्तेदार ईश्वरमणि ओझाले जानकारी दिए । चुडामणि उप्रेती ‘गोरे’ लाई सहयोग गरेको आरोपमा श्रेष्ठलाई पक्राउमा परेका हुन् ।








