सिड्नी। डान्स ईन्डीया डान्स लिटिल माष्टरकी विजेता नेपाली छोरी तेरिया मगर सहितको एक कलाकार टोलि सिड्नीमा आउने भएको छ । आयोजक मध्येकि एक ममता काफ्लेका अनुसार सो कार्यक्रम हर्टस्भिलको थिएटरमा सम्पन्न हुनेछ ।लुम्बिन्नी कपिलवस्तु दिवस अभियान समेतको सहयोग रहने सो कार्यक्रममा एघार वर्षीय तेरियाले आफ्नो प्रतिभा देखाउने छिन्। उनले गत जुन २१ मा भारतीय टेलिभिजन जीटीभीको प्रसिद्ध शो डान्स ईन्डीया डान्स शोको तेस्रो संस्करण आफ्नो कब्जामा पारेकी थिइन् । उनलाई नेपालबाट ६० लाख ले र अन्य देश बाट करोड भन्दा बढी ले भोट दिएका थिए । विजेता बनेपछि आफु सोनाक्षी सिन्हाजस्तै बन्न चाहेको प्रतिक्रिया दिने तेरिया मगरको नेपालमा राष्ट्रपति यादव समेतले भव्य स्वागत गरेका थिए । सिड्नीमा तेरिया मगरको लाईभ डान्स कार्यक्रमको कनेक्ट नेपालले गरेको शरद खरेल असनेपालअन्युजलाई बताउंछन । तेरियाका साथमा हाँस्य कलाकार जीतु नेपाल मुन्द्रे हुनेछन् भने गायक रामजी खाँडले पनि साथ दिनेछन् । अगष्ट ३ तारिखमा हर्ट्सभिलको मराना अडिटोरियममा कार्यक्रम गरिने जानकारी आयोजकले दिएका छन् । कार्यक्रमको टिकट दर ३० डलर रहने जनाएको छ। पछील्लो दिनमा नेपाल बाट चर्चित कलाकारलाई निमन्त्रणा दीई अस्ट्रेलियाका विभिन्न स्थानमा कार्यक्रम सन्चालन गर्ने प्रकृया केही महिना देखि अगाडि बड्दै गएको छ।
सम्बन्धित शिर्षकहरु
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग (10 Video Guidance
दशमहाविद्या साधना – चेतना जागरणको सर्वोच्च तन्त्र मार्ग दशमहाविद्या साधना प्राचीन नेपाल–उत्पत्ति भएको […]
Historic Milestone: Sydney’s First Nepali Diamond Popular Marriage Celebrant
Sydney’s First Nepali Diamond Popular Marriage Celebrant Sydney, Australia:Happy Celebrant Nepali Wedding […]
मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान विश्वव्यापी स्वरूप
कैलाश–मानसरोवरमा अन्तर्राष्ट्रिय योग दिवस, ‘विश्व गुरु देश’ अभियान काठमाडौं। Mount Kailash तथा Lake […]
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय
तनाव र चिन्ताबाट मुक्त हुने १० उपाय मेलबर्न, अस्ट्रेलिया — आधुनिक जीवनशैली र व्यस्त दिनचर्याले धेरै […]
अष्ट्रेलियाको सिड्नीमा धर्म–जागरण महा–सत्सङ्ग
Ausnepalnews/ अष्ट्रेलियाको सिड्नीमा अागामी २०७२ पौष १२, १३ र १४ गते भव्य धर्म–जागरण महा–सत्सङ्ग आयोजना हुने […]
बालबालिका र किशोरकालका लागि ५ मिनेटका ध्यान अभ्यासहरू Kids meditation (collection)
बालबालिका र किशोरकालमा ध्यानको महत्त्वः एक आत्म–अन्वेषणको यात्रा बाल्यकाल र किशोर अवस्था जीवनका दुई […]


