मर्स्याङ्दीमा विद्युत् उत्पादनमा वृद्धि

असार १६ । तनहुँ, तनहुँको आँबुखैरेनी-६ स्थित मर्स्याङ्दी जलविद्युत् आयोजनाको उत्पादन बढेको छ ।

कुल ६९ मेगावाट क्षमताको सो आयोजनाबाट हिउँदमा २७ मेगावाट विद्युत् घटेर ४२ मेगावाट मात्रै उत्पादन भएको थियो भने हाल बर्खायाममा पानीको मात्रा बढेर ६३ मेगावाट पुगेको आयोजनाका मिस्त्री दुर्गाप्रसाद न्यौपानेले बताउनुभयो ।
सो आयोजनाको विद्युत् चितवनको भरतपुर र काठमाडौँको बालाजु सबस्टेसनमार्फत राष्ट्रिय प्रसारण हुँदै आएको छ । हिउँदयाममा वर्षा कम हुने र

तापक्रम घट्दा हिउँ पनि कम पग्लने हुँदा नदीमा पानीको मात्रा घट्दा विद्युत् उत्पादन घट्ने तथा बर्खायाममा भने तापक्रम पनि बढ्ने र वर्षा पनि धेरै हुने हुँदा उत्पादन बढ्ने गर्दछ । रासस

सम्बन्धित शिर्षकहरु