विप्लव समूहले कांग्रेस उम्मेदवारको अपहरण गर्‍यो

असार ४ । ताप्लेजुङ, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले ताप्लेजुङमा नेपाली कांग्रेसका उम्मेदवारको अपहरण गरेका छन् ।

उनीहरुले ताप्लेजुङको फताङलुङ गाउँपालिका वडा नम्बर २ का वडा सदस्यका उम्मेदवार खेजेनिम निवासी मनकुमार पतङ्वा लिम्बुको अपहरण गरेका हुन ।

विप्लवका कार्यकर्ताले उनलाई घरबाटै अपहरण गरेको भन्दै परिवारजनले प्रहरीलाई रिपोर्ट गरेका छन ।

मनकुमारका काका विप्लव समूहका नेता भएकाले उहालाई चुनावमा नउठ्न चेतावनी दिँदै अपहरण गरिएको परिवारले बताएका छन । अपहरणकारीहरुको खोजी भइरहेको ताप्लेजुङ् प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षकहरु