असार १५ ।काठमाडौ,आज असार १५,नेपालमा प्रत्येक वर्ष आजको दिन धान दिवस मनाइने गरिन्छ ।
आजको दिनलाई मानो खाएर मुरी उब्जाउने दिन अर्थात दहीचिउरा खाने दिन भनेर पनि चिनिन्छ ।
नेपालमा प्रत्येक वर्षको असार १५ मा धान रोप्ने मध्यसमयको अवसर पारी दहीचिउरा खाने चलन प्रचलन छ ।
वर्षदिनका लागि धानको जोहो गर्नका निमित्त असार महिनामा रोपाई गरी सोही महिनाको मध्य तिथिका रुपमा दहीचिउरा खाने प्रचलन गरिएको हो ।
मानिसहरु जङगली युगबाट खेतीपातीको युगमा प्रवेश गरेपछि नयाँ कार्य गर्दा घाम, पानी, प्रकृतिलगायतका शक्तिलाई कुनै न कुनै स्वरुपमा स्वीकार गरेकाले यो चलन पछि संस्कृतिका रुपमा विकास हुँदै गएको संस्कृतिविदहरुको भनाई छ । आजको दिनमा अधिकांश नेपाली खेत खेतमा भेटिन्छन् ।
यसैबीच विभिन्न राजनीतिक दल र तिनका भ्रातृ संगठनले आज राष्ट्रिय धान दिवसको अवसर पारेर कार्यक्रम गरिरहेका छन ।
नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल किसान संघले असार १५ गते राष्ट्रिय धान दिवसका अवसरमा प्रत्येक वर्ष गर्दै आएको रोपाई कार्यक्रम आज पनि गर्ने भएको छ ।
धान दिवसका अवसरमा आज ललितपुरको खुमलटारमा विशेष कार्यक्रम आयोजना हुने कृषि मन्त्रालयले जनाएको छ ।
हरेक वर्ष दिवस मनाइने गरे पनि धानको उत्पादन भने सोचेजस्तो बढाउन नसकेको विज्ञहरूको भनाइ छ ।
नेपालमा करिब ९० अर्ब रुपैयाँ बराबरको धान उत्पादन हुने गरेको छ ।
यो वर्ष ‘धान खेतीमा आधुनिकिरण खाद्यान्न आयातमा न्युनिकरण’ भन्ने नारासहित धान दिवस तथा रोपाइँ महोत्सव मनाइदैछ ।
धान दिवसका अवसरमा आज ललितपुरको खुमलटारमा विशेष कार्यक्रम आयोजना भइरहेको छ । राष्ट्रिय धान दिवस मनाइँदै








