असार ११।कास्की, कास्कीको लेखनाथमा रहेको सूर्य नेपाल प्रालीको चुरोटको गोदाममा आगलागी हुँदा ३ करोड भन्दा बढी क्षति भएको छ ।
लेखनाथ-५ शान्तिनगर मार्गमा रहेको सूर्य नेपालको चुरोट गोदाममा आगलागी हुँदा ४० ट्रक चुरोट जलेर नष्ट भएको छ ।
आगलागीको कारण भने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
आगलागीबाट ३ करोड भन्दा बढी क्षति भएको प्रारम्भीक अनुमान गरिएको छ ।
आज बिहान २ बजेदेखि आगलागि सुरु भएको थियो । आगलागी अहिलेसम्म नियन्त्रणमा आउन सकेको छैन ।
आगलागी नियन्त्रण प्रहरी, दमकल र स्थानीयबासीको सहयोगमा नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।








