असार १० । वीरगञ्ज, पर्सामा सिमराबाट वीरगन्जतर्फ आउँदै गरेको ना ३ प ७३७१ मोटरसाइकलको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ ।
मोटरसाइकलले जितपुरमा गएराति ठक्कर दिँदा गढीमाई नगरपालिका-७ का ६५ वर्षीय वाजुल हकको मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट घाइते भएका हकको वीरगन्जको नेसनल मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकल चालक मकवानपुर आमभञ्ज्याङ-१ का बलिराम अधिकारीलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ ।








