बाजुरामा फलाम,सुन हिराखानीको संभावनाको खोजी गर्नु पर्छ :उद्योगमन्त्री थापा

असार १० ।बाजुरा, उद्योगमन्त्री कर्णबहादुर थापाले बाजुरामा  फलाम,सुन र हिराखानीका साथै सिमेन्ट उद्योग र अन्य नयाँ सम्भावनाको खोजी गर्नुपर्ने बताउनु भएको छ ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको नवौँ जिल्ला परिषद्को सोमबार यहाँ उद्घाटन गर्दै मन्त्री थापाले विकट जिल्लाका सूचीमा रहेको भएपनि याँहाको प्रकृतिक सम्पदालाई संरक्षण र प्रवर्धन गर्न सके देशकै अर्थतन्त्रमा टेवा पुग्ने धारणा राख्नु भयो ।

उहाले नेकपा एमालेको नवौं राष्ट्रिय महाधिवेशनबाट नेता केपी शर्मा ओलीको नेतृत्वमा नयाँ केन्द्रीय समिति बन्ने जिकिर गर्नु भयो ।

एमाले नेता थापाले माधवकुमार नेपाल र झलनाथ खनालको नेतृत्व सफल नरहेको र जनताले उनीहरूको कार्यशैली हेरिसकेकाले त्यागी र सङ्गठनका लागि मरिमेट्ने नेता ओली नै अध्यक्ष बन्नुपर्छ भन्नुभयो ।

एक प्रसङ्गमा मन्त्री थापाले भन्नुभयो,”शिक्षाले मानिसलाई सही मार्गमा हिँडाउने भएकाले यो खोज र अनुसन्धानमूलक हुनुपर्छ ।”

सभासद् वसुन्धरा रोकायाले अहिले संविधान निर्माणको काम भइरहेकाले शिक्षक पनि आआफ्नो क्षेत्रमा जिम्मेवार बन्नुपर्ने बताउनुभयो ।

 

सम्बन्धित शिर्षकहरु