चितवनमा भएको सवारी दुर्घटनामा तीनको मृत्यु

असोज २८ ।चितवन,मुग्लिन-नागढुङ्गा सडक खण्ड अन्तर्गत चितवनको दारेचोक ९ फिसलिङमा आज कार र बस एक आपसमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

२ जना गम्भरि घाइते भएका छन् ।

काठमाडौंबाट मुग्लिन तर्फ आउँदै गरेको बा ३ च ५५१६ नम्बरको कार र विपरित दिसाबाट जाँदै गरेको ना ४ ख ४४१ नम्बरको ट्रक दुर्घटना बिहान करीब ८ बजे भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी शान्तिराज कोईरालाले बताउनु भयो ।

दुर्घटनामा परी कारमा सवार ५ जनामा मध्ये २ जनाको घटना स्थलमै, १ जनाको उपचारको क्रममा भरतपुर मेडिकल कलेजमा मृत्यु भएको डिएसपी कोईरालाले जनाउनु भयो ।

उक्त दुर्घटनामा घाइते भएका २ जनाको अवस्था गम्भीर रहेको र उनीहरुको उपचार चितवन मेडिकल कलेजमा भइरहेको छ । उनीहरु सबै कारमा सवार यात्री हुन् ।

मृतकको र घाइतेको नाम, बतन खुल्न सकेको छैन । घटनाबारे थप विवरण आउन बाँकी छ ।

 

सम्बन्धित शिर्षकहरु