अस्ट्रेलियाको सत्ताधारिदल लिवरल पार्टि द्वारा नेपाली समुदायमा सन्जाल विस्तार

भीमसेन सापकोटा ,असनेपालन्युज ,सिड्नि।
अस्ट्रेलियामा नेपाली समुदाय विच यहांको सत्ता धारीदल लिवरल ले आफ्नो शाखा विस्तार गरेको छ। यसै क्रममा श्रीनापित को संयोजकत्वमा  एक नेपाली संपर्क समितिलाई ‘लिवरल फ्रेन्डस अफ नेपाली कम्युनिटी ‘ को नाममा सार्वजनिक गरिएको छ। लिवरलका तर्फ बाट मानव सेवा मन्त्रि रहेका मरिस पायेने ले सो समितिलाई औपचारिक रुपमा नेपाली समुदायको उपस्थितिका विच उद्द्घाटन गरेका हुन्। सो अवसरमा उनले अस्ट्रेलियाको राजनीतिक इतिहासमा नेपाली समुदायको लागि र लिवरल पार्टिका लागि यो महत्वपुर्न घडि भएको बताउनु भयो। यस्तै सँसद निकोलस भरभरिस ले नेपाली समुदाय अस्ट्रेलियाको राजनीतिक साझेदार मात्र नभै जिम्वेवार नागरिक समूह समेत भएकाले आफुहरू आपसमा सहयोगि बन्दै आगडि बड्ने बताउनु भयो । यस्तै न्यु साउथ वेल्सका नेपाली महावाणिज्य दुत दिपक खड्काले बहु-साँस्कृतिक देशमा  नेपालीहरूले रास्ट्रिय राजनीतिमा भाग लिनु सकारात्मक भएको जनाउंदै नया समितिलाई कार्यकाल सफलताका लागि शुभकामना दिनु भयो । यस्तै सो अवसरमा लिवरल का र्का नेता रोवर्ट ओरेल , गैर आवसिय नेपाली संघ (एन आर एन )का प्रवक्त्ता मन केसि, एन आर अस्ट्रेलियाका अध्यक्ष महेन्द्र वोली ,समितिका संयोजक श्री नापित , नेपाली ब्यवसायी प्रदिप ढकाल ,समितिका अन्य सदस्यहरू , डा घनश्याम चापागाइ , निरज श्रेष्ठ ,भीम
खरेल ,विवेक थापा , टोनु गोथाने लगायतले नेपाली समुदायका
लागि यो एक इतिहास बनाउने घडि भएको बताउँदै अस्ट्रेलियामा हुर्कदो नयां पुस्तालाई रास्ट्रिय राजनितिमा जाने यो एक नयां मन्च बनेको बताउनु भयो। अस्ट्रेलियाको सत्ताधारि दल लिवरल र प्रतिपक्षि लेवर दुबै पार्टिमा नेपाली समुदायको सक्रियता बढेको छ। दलगत राजनीति र प्रजातान्त्रिक अभ्यासमा विसश्वास  गर्ने नेपालीहरू जहाँ पुगे पनि आफ्नो पन सामाजिक एकतामा प्रयसरत रहन्छन भन्ने कुरा यसले प्रमाणित गरेको संयोजक श्री नापित असनेपालन्युजलाई बताउंछन्।
अस्ट्रेलियाको हरेक सामाजिक गतिविधिमा संलग्न नेपालीहरू को रास्ट्रिय राजनितिमा प्रवेशले नेपालीहरूको पहिचान र अवसरहरूको दायरा बढेको एन आर एन प्रवक्ता मन के सि असनेपालन्युजलाई बताउनुहुन्छ । अस्ट्रेलियामा हाल ७० जहार नेपाली रहेको अनुमान छ।
सन् १९४४ मा क्यानवेराको एक भेलाले लिवरल पार्टीको स्थापना गरेको थियो । सन् १९९६ देखिन २००७ सम्ममा होवार्ड र कोस्टेलो को प्रधान मन्त्रीको कालमा ९६ विलियन रास्ट्रिय ऋण लाई कम गर्न लिवरल सफल बनेको थियो । हाल पछिल्लो दिनमा सरकारि  बजेट कटौति बजेटलाई लिएर चर्चामा रहेको लिवरल र
यसको विरोधमा उत्रिएको लेवर दुबै पार्टीले नेपाली समुदायमा आ-आफ्नो पहुंचको
विस्तार गरेको छ। यसै प्रसङमा लेवरले नेपाली समुदाय लागयतको स्थानिय संचार माध्यम हरूमाविच एक कार्यक्रम भर्खरै विस्तार गरेको छ। लिवरल पार्टी अन्तर्गत , न्यु साउथ वेल्स समिति मा ४ जना सदस्यहरू र यस पछि समुदायका संयोजक हरूको स्थान रहेको छ। लिवरल दलका लागि नेपाली समुदाय बाट प्रतिनिधित्व गर्नेहरूमा आधिकाम्श विभिन्न नेपाली समुदाय मा काम गरेको अनुभव बटुल्नेहरू रहेका छन् । संयोजक श्री नापित अस्ट्रेलियाको पुरानो नेपाली संस्था नेप्लिज अशोशिएशन अफ अस्ट्रेलिया (एन ए ए )
सँग सम्बन्धित छन्।

 

सम्बन्धित शिर्षकहरु