जीवन परिवर्तन गराउंने भिडियोहरू, एक पटक हेर्नुहोस्, कहिल्यै दु:खी हुनुपर्दैन

असनेपालन्युज ,सिड्नी ।जब जीवन दुख्छ , तब उत्प्रेणाका शब्दहरू मलम बन्ने गर्छन्। शक्तिशाली शब्दहरू जब दमदार आवाजमा प्रेरणा बनेर निस्कन्छन्, तब यसले हामि भित्रको उत्साहको उर्जालाई आगो लगाईदिन्छ । अनि सुसुप्त जीवनहरू पनि उत्साह र सकारात्मक वेग बोकेर सुख तथा सफलतातिर लम्कन्छन्।एउटा नेपालीको यस्तै प्रेरणा दायी शब्द शक्तिले अहिले विश्वका हजारौं-हजारलाई सकारात्मक बाटोमा लम्काउने कारक बनिरहेको छ । जीवनलाई सधैंका लागि सेलाउंन आत्महत्याको योजना गर्ने हरूलाई पुन: आस जगाएर बांच्ने प्रेरणा दिएको छ यो आवाजहरूले । के विदेशि , के नेपाली ! अमेरिका , अस्ट्रेलिया , बेलायत , कोरिया , सिङ्गापूर , जापान , क्यानडा , अस्ट्रिया ,जर्मानि, क्रोएसिया , स्लोभेनिया ,ईटाली , चेक रिपब्लिक , फिजी , नेपाल , भारत लगायत १६ भन्दा बढी देशको २२ वटा शहरमा यी आवाजहरू तरङ्गित बनिसकेका छन् हजारौको मनको क्रान्ति बनेर । सकारात्मक सोचका अभियन्ता तथा पूर्वीय दर्शनका प्रचारक आचार्य राजन शर्मा , जसलाई भीमसेन सापकोटाको नामले समेत चिनिन्छ , उहां द्वारा सन्चालित ‘आर्ट अफ ह्यापिनेस ‘ सुख सुत्र र जीवन कला कार्यक्रम बाट नेपाली समुदाय मात्र हैन , बहुसन्ख्यक विदेशि दिनानुदिन लाभान्वित बन्दै गईरहेको छ।
परिवर्तन अहिल्यै हुन्छ , जागौ, भन्ने सन्देशहरू अहिले संसरभारका विभिन्न देशहरूले सकारात्मक अभियन्ता मार्फत बाहिर ल्याइ रहेका छन्न। सकारात्मक सोच मार्फत समाजमा शान्ति प्रवर्द्दन गर्ने अभियानमा लागेको विश्व शान्ति तथा अध्यात्म- विज्ञान समाज (जी एस पि एस एस )ले ‘द माइन्ड पावर सोसाइटिको युट्युब च्यानल मार्फत ‘आफ्ना बिभिन्न प्रेरणादायी भिडियो लाई वाहिर ल्याएको हो । विभिन्न भाषामा विभिन्न समुदायमा ल्याएको ति भिडियो हरू मध्ये नेपाली मा वाहिर ल्याईएका केहि भीडियोहरू यस्ता छन्। सो सोसाइटी ले उत्प्रेरक वक्ता तथा योग गुरु आचार्य राजन शर्माको प्रस्तुतीलाई विभिन्न चरणमा वाहिर ल्याएको छ । भीडियोमा व्यक्त शब्दहरू तुरुन्त तरङ्गित पार्दै उत्साहि र जागरुक बनाउने रहेको दर्शक हरूको प्रतिकृया छ । यी भिडीयोहरू हेरेर जीवन परिवर्तन गर्नेहरूले सामाजिक सन्जालमा प्रस्तुत गरेका प्रतिकृया समेत यसमा समाविस्ट छन्।

 

 


 

 

More motivational Videos ….

https://youtu.be/wtpf_7Tg8nU

 

503 total views, 8 views today

Comments

comments

सम्बन्धित शिर्षकहरु