थप २ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी, ५ सय १ जना संक्रमणमुक्त

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाएको छ । पछिल्लो दिनमा उल्लेख्य संख्यामा बढेको कोरोना शनिबारको तथ्यांकले केही संतोषजनक देखिएको छ ।

तर, यसो हुनुमा परीक्षण नै कम भएको पाइएको छ । शनिबार तीन हजार १६५ परीक्षणमा २६३ जना संक्रमित भेटिएको हो । यस दिन एक हजार ३९९ पीसीआर परीक्षणमा १६२ जना र एक हजार ७६६ एन्टिजेन परीक्षणमा १०१ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५०१ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ ।

सम्बन्धित शिर्षकहरु