भदौ ९, काठमाण्डौं । भारतबाट नेपाली भाषामा सञ्चालन हुने एक मात्रै स्याटलाईट च्यानल एबिएन नेटवर्क बन्द भएको एक महिना भईसकेको छ ।
जुलाई २२ का दिन पश्चिम बंगालको प्रहरीले टेलिभिजन च्यानलमा छापा मारेर च्यानलको कर्पोरेट अफिस र सिलगुडीमा रहेको स्टुडियोमा सिल मारिदिएको थियो । त्यसको भोलिपल्ट जलपाइगुरीका जिल्ला म्याजिष्ट्रेट रचना भागतले एउटा आदेश जारी गर्दै च्यानलले दार्जेलिङ र जलापाइगुरी जिल्लाका समाचार सम्बन्धी कार्यक्रम अगष्ट ७ सम्म सञ्चालन गर्न नपाउने आदेश जारी गरेकी थिइन्। उक्त आदेश अगष्ट ८ बाट अनिश्चितकालका लागि लम्ब्याइएको थियो ।
एबिएन नेटवर्का सञ्चालकहरूले च्यानलमाथिको प्रहरी छापा र म्याजिष्ट्रेडको आदेश स्वतन्त्र पत्रकारितामाथिको हस्तक्षेप भएको बताएका छन्।
आजको नागरिक दैनिकमा खबर छ ।








