नाइजेरियामा भागदौड मच्चिदा ३१ जनाको मृत्यु

एजेन्सी- दक्षिणी नाइजेरियाको एउटा चर्चमा शनिबार एक्कासि भागदौड मच्चिएको छ। त्यहाँ एउटा भीडभाडयुक्त चर्चको परोपकारी कार्यक्रममा खाना बाँडिरहेको बेला भागदौड मच्चिदा कम्तीमा ३१ जनाको मृत्यु भएको छ ।

दक्षिणी रिभर्स स्टेटको पोर्ट हार्कोर्ट सहरमा भएको भागदौडमा उनीहरुको मृत्यु भएको छ घटनापछि मानिसका शव, जुत्ता तथा चप्पलहरू भुइँमा यत्रतत्र छरिएका प्रहरी र प्रत्यक्षदर्शीहरूले जनाएका छन् ।

पोर्ट हार्कोर्ट पोलो क्लबमा एक स्थानीय किंग्स एसेम्बली चर्च संगठनले गरिबहरूका लागि खाना र उपहारहरू प्रदान गर्दा भिड नियन्त्रणबाहिर गएको थियो । भिडलाई नियन्त्रण गर्न निक गार्‍हो भएको थियो ।

‘दुर्भाग्यवश, भीड उथलपुथल र अनियन्त्रित भयो र आयोजकहरूले विवेक अप्नाउन गरेका सबै प्रयास बिफल भए’, प्रहरीले एक विज्ञप्तिमा भनेको छ । प्रवेशद्वारमा निकै भिडका साथ छिर्न खोजिरहेका मानिसहरूलाई जबरजस्ती फिर्ता गराउँदा एक अर्कालाई कुल्चिएका थिए । सो भिड ब्यवस्थापन गर्न आयोजकलाई निकै सकस भएको थियो। जति प्रयास गरे पनि अन्तह: भिडभाडमा कयौं मान्छे कुल्चिएर घाइते एवं कयौंले मृत्युवरण समेत गर्नु परेको छ।

सम्बन्धित शिर्षकहरु