काठमाडौ- यहि बैशाख ३० गते चुनावकाे दिन सरकारले सार्वजनिक बिदा दिएको छ। स्थानीय तह निर्वाचनको दिन सरकारले सार्वजनिक बिदा दिएकाे छ । मन्त्री परिषदको बैठक बसेर चुनावको दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
हिजाे आइतवार बसेकाे मन्त्रिपरिषद् बैठकले चुनावकाे दिन सार्वजनिक बिदा दिने निर्णय गरेकाे गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पाेखरेलले जानकारी दिनुभयाे । त्यस दिन देशभरका सरकारी कार्यालय र सार्वजनिक निकायमा बिदा दिइएकाे मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख गरिएको छ ।








