असनेपालन्युज, सिड्नी। अस्ट्रेलियामा नेपाली वालवालिकाहरूले एक बहुसमुदायिक कार्यक्रममा संस्कृत भाषाको नाटक प्रदर्शन गरेका छन्। ‘गुरुकुलमा महिला प्रवेश ‘ नामको सो नाटक जातीय विभेद , महिला समानता र भाषिक शुद्दताको वारेमा केन्द्रित थियो । रामचरित मानस प्रतिस्ठान अस्ट्रेलिया द्वारा आयोजित नयाँं वर्ष तथा रमायाण प्रचार साँझ मा नेपाली वालवालिकाहरूले संस्कृत नाटक प्रदर्शन गर्दा सबै
दर्शकहरू स्तब्ध बनेका थिए । अस्ट्रेलिया जस्तो अङ्रेजि भाषि देशमा नेपाली वालवालिका हरूले गरेको प्राचीन संस्कृत भाषाको यो नाटक सबी भाषा प्रेमि हरूका लागि गौरव बनेको प्रतिस्ठानका अध्यक्ष्य बब आधार असनेपालन्युजलाई बताउनुहुन्छ । सो नाटक मन्चनमा सृस्टि शाह , विभु सापकोटा , मेघा अर्याल , ब्राज सापकोटा , मेघन अर्याल , रुपा सापकोटा लगायतले सहभागीता जनाएका थिए । प्रतिस्ठान विगत २० वर्ष देखि अस्ट्रेलिया, न्युजिल्याण्ड , फिजि लगायत वेदान्त तथा रामायाण र संस्कृत अध्यापन हुने गरेको छ, जहाँ नेपाली
समुदायको समेत संलग्न हुने गरेको छ।








