काठमाडौं । संयुक्त राष्ट्रसंघका अनुसार मार्च १७ सम्म युक्रेन युद्धमा कम्तीमा ८१६ सर्वसाधारण मारिएका छन् भने १ हजार ३३३ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्र मानव अधिकार कार्यालय (ओएचसीएचआर)का अनुसार भीषण बमबारीमा सबैभन्दा बढी मानिसको मृत्यु भएको छ।
यसमा भारी आर्टिलरी फायरिङ, धेरै रकेट प्रक्षेपण प्रणाली बमबारी, मिसाइल आक्रमण र हवाई हमलाहरू समावेश छन्।
डरलाग्दो हमलामा परेका धेरै सहरहरूको तथ्याङ्क प्राप्त हुन नसकेका कारण मृत्यु हुनेको वास्तविक संख्या धेरै हुन सक्ने संयुक्त राष्ट्रसंघले जनाएको छ।








