साना लगानीकर्ता अतालिँदा नेपाली सेयर बजारमा ठूलो गिरावट

काठमाडौं । शेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको चौंथोदिन दिन शेयर बजार मापक सूचक नेप्से ५३.१० अंकले घटेर २४५५.८१ विन्दुमा झरेको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार बुधवार २२६ कम्पनीको २ अर्ब ६६ करोड ३९ लाख ९ हजार ६१९ रुपैयाँ बराबरको ६५ लाख ६० हजार ९४७ कित्ता शेयर किनबेच भएका छन् ।

आज कारोबारमा आएका १३ समूहको परिसूचक राताम्मे भएका छन् । धेरै गुमाउने फाइनान्सका लगानीकर्ता रहेका छन् ।

बैंकिङ समूहको शेयर २६ अङ्कले, विकास बैंकको एक सय ५१, होटलको ७५ , फाइनान्सको ७४, माइक्रोफाइनान्सको १२५ र जलविद्युत् समूहको शेयर ८९ ले घटेको छ ।

यस्तै उत्पादन समूहको शेयर १७० अङ्कले, जीवन बीमा समूहको २९४ अङ्कले, निर्जीवन बीमा समूहको २३५ घटेको छ । र अन्य समूहको शेयर २२ अङ्कले घटेको छ ।

मौद्रिक नीतिको समीक्षापछि निरन्तर ओरालो लागेको शेयर बजार बुधवार चालु आर्थिक वर्षकै न्यून बिन्दुमा झरेको छ।

गत आर्थिक वर्ष २०७७/०७८ को अन्तिम दिन असार ३१ गते बजार ३०२२.११ मा पुगेर रोकिएको थियो।

उच्च अंकले घटेको बजारमा आज सामुदायिक लघुवित्तका शेयरधनीले सबैभन्दा धेरै ८.५४ प्रतिशत गुमाएका छन् । त्यसैगरी, एक्सेल डेभलपमेन्ट बैंक ८.३०, ग्रीन डेभलपमेन्ट बैंक, नयाँ सारथी लघुवित्त, सामलिङ पावर र जनउत्थान लघुवित्तको सेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ ।

आज नेशनल हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १२ करोड रुपैयाँको कारोबार भएको छ । यस्तै, नेपाल टेलिकम पौने ११ करोड र हिमालयन डिस्ट्रीलरी ९ करोडको कारोबार हुँदै सर्वाधिक कारोबार हुने कम्पनीको शीर्ष तीनमा रहे ।

सम्बन्धित शिर्षकहरु