अष्ट्रेलियाको संघिय मन्त्री कोलम्यानले गरे नेपालीको तारिफै तारिफ, समाजका योगदानकर्ता सम्मानित

असनेपाल न्युज/ अष्ट्रेलिया । अष्ट्रेलियाको संघिय मन्त्री डेभिड कोलम्यानले नेप्लिज पेन्सस कमिटी (पेन्सस नेपाली समुदाय) का र अन्य क्षेत्रका विभिन्न प्रतिभाशाली समाजका योगदानकर्ताहरुलाई सम्मान गर्नुभएको छ ।

नेप्लिज पेन्सस कमिटीको आयोजनामा एक विशेष कार्यक्रमकोबीच सो सम्मान कार्यक्रम गरिएको हो । नेपाली समुदाय र नेपाली समुदायबीच अन्तरक्रिया गर्न आयोजित कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको हो ।

उक्त कार्यक्रममा मन्त्री कोलम्यानले नेपाली समुदायमा के-कस्तो समस्या छ भनि जानाकारी लिनु भएको थियो । समस्याहरु सरकारको तर्फवाट समाधान गर्न पहल गर्ने बताउनु भएको छ ।

कार्यक्रममा उपिस्थत समुदायका विभिन्न व्यक्तिहरुले आ आफ्ना जिज्ञाशा राख्ने क्रममा मन्त्रीले नेपाली पेन्सस समुदायहरु सरल, जागरिला र कम बेरोजगार हुने समुदाय रहेको र अष्ट्रेलियाको गौरव बन्न सफल रहनु भएको बताउनु भएको थियो ।

सो कार्यक्रममा उहाँले प्रतिभाशाली विभिन्न यक्तित्वहरु योगदानलाई कदर गर्दै योग र ध्यानको क्षेत्रमा लगातार योगदान पुर्याउँदै कोभिडको समयमा सहयोग पुर्याउने योगगुरु आर्चाय राजन शर्मा तथा भिमसेन सापकोटा र पत्रकारिता क्षेत्रमा योगदान पुर्याउने ऋर्षि आर्चाय, अविभावकहरुको बीचमा योगदान पुर्याउने शोभा ओली र नयाँ र पुराना पुस्ताबीच विशेष योगदान पुर्याउनेहरुमा सम्मान प्रदान गर्नुभएको थियो ।

सो कार्यक्रममा नेपाली पेन्सस कमिटीको तर्फवाट लक्ष्मण श्रेष्ठ, हरी श्रेष्ठ, डा. प्रकाश पौडेल लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो ।

न्यु साउथ वेल्स (एनएसडब्लु) का अवैधानिक महावाणिज्यदुत दिपक खड्का तथा डा. कृष्ण हमाल र जजेज रिभर कान्सिलका नवनिर्वाचित काउन्सलर लुइले पनि आफ्नो धारणा राख्नु भएको थियो ।

अष्ट्रेलियामा नेपाली समुदायको इतिहास छोटो भएतापनि योगदानको हिसाबले अत्यान्त लामो हुँदे गएको र प्रभावशाली हुँदै गएको सो कार्यक्रमममा उल्लेख गरिएको थियो ।

सो अवसरमा समुदायका निम्न विभिन्न व्यक्तिहरुलाई विभिन्न पदकहरुले सम्मान गरिएको थियो । :

Name of awardees

1. Aacharya Rajan Sharma

2. Amrit Newar

3. Rishi Aacharya

4. Sahaj Bhattarai

5, Binisha Ghimire

6. Salil Pradhan

7. Sunita Gurung

8. Tika Ram Sharma

9. John Gurung

10. Radhika Sharma

11. Prakash Chhetri

12. Raj Khanal

13. Kshama Sharma

14. Shova Oli

15. Grishma Nirola

More Photos:


।

सम्बन्धित शिर्षकहरु