देशभर चिसो बढ्यो,काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम ८.६ डिग्री सेल्सियस

काठमाडौं । उपत्यकासहित देशका धेरै ठाउँको न्यूनतम तापक्रम निरन्तर जस्तै घट्दै गएको छ । मौसमविद्का अनुसार न्यूनतम तापक्रम घट्नु स्वभाविक नै भए पनि उपत्यकामा अघिल्ला वर्षको तुलनामा छिट्टै जाडो बढेको हो ।

मौसम पूर्वानुमान महाशाखाको तथ्यांक अनुसार काठमाडौंको न्यूनतम तापक्रम ८ दशमलव ६ डिग्री सेल्सियस छ । उपत्यकाको हिजोको न्युनतम तापक्रम ९ र अस्ति ९ दशमलव २ डिग्री सेल्सियस मापन भएको थियो।

पछिल्लो मापन अनुसार जुम्लाको तापक्रम अत्यन्तै न्युन छ। त्यहाँको तापक्रम माइनस २ डिग्री सेल्सियसमा झरेको छ। यस्तै दोलखाको जिरीमा २ डिग्री सेल्सियस तापक्रम मापन भएको छ।

सम्बन्धित शिर्षकहरु