अनुगमन तीव्र ः तोकेभन्दा बढी भाडा लिने ७७ सार्वजनिक यातायात कारबाहीमा

काठमाडौँ । सार्वजनिक यातायातमा तोकेभन्दा बढ भाडा लिने ७७ सवारीलाई कारबाही गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
यातायात व्यवस्था विभागले अन्तर प्रदेश चल्ने सवारी साधनमा साउन १ गतेदेखि लागू हुने गरी असार ३१ गते भाडा बढाउने सूची वेवसाइटमार्फत् सार्वजनिक गरेको थियो । साउन १ गतेदेखि २८ प्रतिशत भाडा बढेको भन्दै काठमाडौँ उपत्यकालगायत प्रदेशभित्र चल्ने सवारीमा समेत मनपरी भाडा लिन थालेपछि ट्राफि

क प्रहरी अनुगमन गरी कारबाही गर्न सक्रिय भएको महाशाखाका प्रवक्ता सञ्जीव शर्मादासले जानकारी दिनुभयो ।

महाशाखाले शुक्रबार बढी भाडा लिने १६० सवारीलाई कारबाही गरेको थियो । बढी भाडा लिने सवारीका बारेमा ट्राफिक प्रहरीको निःशुल्क नं. १०३ मा फोन गरेर सूचना दिन महाशाखाले आह्वान गरेको छ । बढी भाडा लिने सवारीलाई रु ५०० देखि रु एक हजार ५०० सम्म कारबाही भइरहेको छ ।
एउटै सवारीले पटकपटक बढी भाडा लिएको पाइएमा रु पाँच हजार जरिवानासहित सवारी सिज गर्नेसम्मका कारबाही गरिने तयारी भएको प्रवक्ता शर्मादासले सुनाउनुभयो ।

सम्बन्धित शिर्षकहरु